विराटनगरस्थित एक अस्पतालमा आगलागी

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : विराटनगरस्थित एक अस्पतालमा आगलागी भएको छ । आइतबार लाइफगार्ड अस्पतालको आईसीयूमा आगाे लागेकाे हाे ।

अस्पतालमा बिजुली सर्ट भएर आगो लागेकाे हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।

यद्धपी उक्त अस्पतालकाे आईसीयूमा बिरामी भने छैनन् । आईसीयू खाली भएकै समयमा नै आगाे लागेकाे हाे ।

यतिबेला प्रहरी लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।