धरान-५ का युवकहरु सहित लागुऔषधमा  १० जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बेलुका सुनसरीको दुहवी ५ स्थितमा CRV दुहवीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा. ५७ प १२२४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी-९का २३ बर्षिय राम बहादुर राईलाई ३९ किलो १०० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

त्यसै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ का ३० बर्षीय बसन तामाङ र २६ बर्षीय रुपेश तामाङलाई ७०० मिलिग्राम ब्राउन सुगर र धरान -५ का १७ वर्षिय अभिष राई, ३० वर्षिय जुसन राईलाई निषेधित औषधी कोलिवान २१०० ट्याव्लेट सहित पक्राउ गरेको छ र प्रहरी चौकी सिसुवाधरमपुरले गढी गाउपालिका-६ का ३२ बर्षीय रमेश  सरदारलाई निषेधित औषधी नाईट्रोभेट २० ट्याव्लेट सहति पक्राउ गरेको छ ।

त्यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय पथरीले  पथरी शनिश्चरे नगरपालिका १ का २ बर्षीय सुजन गुरुङ, १८ बर्षीय सावाहाङ राई, १९ बर्षीय सुसाङ लिम्बु र  ४५ वर्षिय भानु लिम्बुलाई १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर