श्रावनको अन्तिम सोमबार, धरानको पिण्डेश्वर मन्दिरमा अत्यन्त भिड

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : श्रावन बोलबमको अन्तिम सोमबार धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनको भिड बढेको छ।

धरान-१४ स्थित बिजयपुरमा अवस्थित नेपालको धार्मिक स्थिल पिण्डेश्वर मन्दिरमा वर्षेनी श्रावन महिनाको सोमबार भिड लाग्ने गर्दछ। यस वर्षा श्रावनको चार सोमबार मध्य २८ गते अन्तिम सोमबारको दिन भक्तजनहरुको अत्यन्त बढि भिड देखिएको हो।

भक्तजनहरुको विश्वास प्रगाढ बन्दैगएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ।

08ffd13e-2f96-49c7-8dd7-ba161ea87c1a66cecc84-468c-438b-9727-63384d94ad89

करिब ४२ वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको हो। 

त्यस्तै  यस सोमबार धरानमा चलिरहेको मिसेस धरान आइकोन २०२४ प्रतियोगीहरुको विषेश उपस्तिथि रहेको थियो । उनिहरुले आफ्नो प्रतियोगितामा तालिमको क्रममा विभिन्न कार्यक्रममा भाग लिदै सहयोग पुरै आइरहेको छन ।

यसपालि दर्शन गर्न आएका भक्तजनको लाइन व्यवस्थापन केही परिवर्तन आएको छ भने ट्राफिक व्यवस्थापन पनि सुधार देखिएको छ ।

41415bee-4c7b-4d6d-b036-41873c4292e4b008a097-2913-4be0-a1c1-e2861d44b9d9

त्यस्तै गरि भक्तजनहरुलाई ध्यानमा राखेर धरान उपमहानगरपालिका १४ न. वडा र श्री पिण्डेश्वर बाबाधाम समिति धरानको संयुक्त आयोजनामा श्रावन महिनाको २१ गते देखि धरानको पिण्डेश्वर मन्दिर स्थित सरस्वती सरोवर परिसरमा हरेक साझ ६ बजे निरन्तर महाआरति चलिआएको छ।

वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको हो।

6a027e33-0f46-437d-b64a-f412c994b6b3e1cd2583-c543-45da-bf76-0db3a25feab7