तृष्णा गुरुङको "नाम के हो" गित सामाजिक सञ्जालमा लोकप्रिय बन्दै, युटुबमा एक मिलियन माथी भ्युज

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : गायिका तृष्णा गुरुङको "नाम के हो" बोलको नयाँ गित यति बेला सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएको छ।

श्रावण १५ गते गायिका तृष्णा गुरुङको आफ्नै युटुब च्यानल "Trishna Gurung" मा सार्वजनिक भएको उक्त गित चार मिनेट अठार सेकेन्डको रहेको छ।

सार्वजनिक भएको छोटो समयमा नै यस गितले युटुबमा एक मिलियन अर्थात १० लाख माथी भ्युज प्राप्त गरिसकेको छ ।

तृष्णा गुरुङको आफ्नै रचना, शव्द र स्वरमा बनेको गितमा भिडियो बिजु कर्मचार्यले निर्देशन गरेका हुन भने भिडियोमा मुख्य कलाकार बिना राउट र अस्रब जङ पाण्डेको अभिनय देख्न सकिन्छ ।

युवा र युवतीको प्रेम कथामा आधारित उक्त संगीत भिडियोको छायांकन चितवनमा गरिको हो ।

तृष्णा गुरुङ एक नेपाली सांगीतिक क्षेत्रको एक चर्चित गायककार, गीतकार, तथा संगितकार हुन्। उनी नेपाली सुगम संगितको क्षेत्रमा एक चर्चित स्थापित कलाकार समेत हुन्।

"उनी खनि हो यामु हे कान्छा"… नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा सफलताको एक खुड्किला उक्लिएकि थिइन्। उनको यै गितबाट धेरै समर्थकहरू समेत स्थापित भएको थियो।