हाँगा काटी भर्याङ निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउपालिका-४ का ४० बर्षीय बिष्णु राई रहेका छन् । दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा बिद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानिय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनिहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो । 

अन्य घाईतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर