श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको सुन्दरहरैचा नगरपालिका- १० बागझोडाका ५८ बर्षीय लक्ष्मण नेपाललाई आफ्नै श्रीमती ४१ बर्षीया पबित्रा फुयल (नेपाल)को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

बिहान ११ बजे दुबैजना बिच घरायासी बिषयमा सामान्य वाद बिबादको क्रममा लक्ष्मण नेपालले धारिलो हतियार खुकुरीले शरिरको बिभिन्न भागमा प्रहार गर्दा घाईते भएकी श्रीमतीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको थियो ।

हत्यामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रकृया भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर