खोलामा खेल्ने क्रममा डुबेर बालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापाको भद्रपुर नगरपालिका-१ स्थित रहेको देवि खोलामा खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । 

साँझ ५ बजे स्थानिय महेश रसाईलीको ९ बर्षीय छोरा सौरभ रसाईली खोलामा खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानियले देखि खोलाबाट बाहिर निकाली उपचारकोलागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको  छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर