बाढीले बगाउँदा बृद्धको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : उदयपुरको चौदण्डीगढी नगरपालिका-९  स्थितमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना बृद्धको मृत्यु भएको छ । 

राती ८ बजे  स्थानिय ७० बर्षीय निर बहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर