धरान मै निर्माण भएको "बैगुनी"

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : गायक केहर लिम्बुको धरान मै निर्माण भएको "बैगुनी" बोलको गित युटुबमा सार्वजनिक भएको छ ।

श्रावण ३१ गते धरानको फ्रेन्ड सिनेमामा विशेष प्रिमियर शो मार्फत सम्पुर्ण टोलिको उपस्थितिमा म्युजिक मिडियो सार्वजनिक गरिएको हो।

केहर लिम्बुको आफ्नै स्वर र शब्दमा रहेको उक्त गितमा सुरज विश्वकर्माको संगित रहेको छ।  छ मिनेट सत्चालीस सेकेन्ड लामो रहेको भिडियोको निर्माण तथा निर्देशक सुरज पोख्रेल गरेका हुन ।  पोख्रेल यस भिडियोका रचनाकार पनि रहेका छन। 

भिडियोमा मुख्य अभिनय कलाकारहरु प्रेम सुब्बा, रेखा लिम्बू, उत्तम राई र प्रशान चाम्लिङ राईलाई देख्न सकिन्छ । 

प्रेम त्रिकोण कथामा आधारित उक्त म्युजिक भिडियोको सम्पुर्ण छायांकन, रेकर्डिङ तथा सम्पादन धरानमा भएको हो। "Kehar Sing Limbu" नामक युटुब च्यानलमा दिउँसो १ बजे कार्यक्रमको दौरान उक्त भिडियो रिलिज गरेको थियो ।