धरान-१५ मा हवाई फायर गरी गाँजा नियन्त्रण 

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती  पुल स्थितमा  हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ।

अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही स्थानमा छोडेर चालक जंगलतर्फ भागेकोमा प्रहरीले लखेट्दै जाँदा समेत चालक नरोकिएपछि प्रहरीको टोलीले चाईनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो ।

 हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए भने कार चेकजाँच गर्दा कारभित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थाको १ सय  किलोग्राम  लागुऔषध  गाँजा बरामद गरेको हो । 

फरार भएका कार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर