श्रिमानको स्वर, श्रिमतिको नृत्य

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : गायक काली प्रसाद बास्कोटा र गायिका बबिना किरातीको स्वरमा निर्मित "छड्के सलाम" बोलको गित सार्वजनिक भएको छ ।

रिलिज भएको छोटो समयमा नै यस गितले चर्चा बटुल्न सुरु गरेको छ । संगित भिडियो स्वरुप रहेको गित "OSR Digital" युटुब च्यानलमा दिउँसो २ बजे रिलिज गरिको थियो।

यस भिडियोमा यस चलचित्रका निर्माता तथा कलाकार स्वस्तिमा खड्काको नित्य देख्न सकिन्छ भने गितमा उनकी श्रिमान तथा कलाकार निस्चल बस्नेतले पनि स्वर दिएका छन।

उक्त गितको संगित तथा शब्द जयन जे वाइबाले दिएका हुन भने नित्य कोरियोग्राफि प्रदिप लामा र केबिका खत्रीले गरेका हुन । यो गित असोज १७ गते घटस्थापनाको दिन रिलीजको तयारीमा रहेको नेपाली चलचित्र "बेहुली फ्रम मेघौली" को रहेको हो।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशनमा निर्नाण भएको उक्त चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, निस्चल बस्नेत, बसुनधरा भुसाल, बिजय बराल, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिस्ट, अमिर गौतम, सिमरन खड्का, शिशिर शिवाकोटी, तिका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधार, मुकुन्द मैनाली, रामबाबु रेग्मी इत्यादि रहेका छन्।