धरान अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ भदौ ०४ गते ।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितमा नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो दिउँसो अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९७ क्याप्सुल सहित २९ बर्षीय विशाल राई र २३ बर्षीय राम परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर