धरानमा गाईजात्रा पर्व

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०४ गते ।

धराने मिडिया : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिएको छ ।

यसै अवसरमा धरानमा पनि आज मङ्गलवार बिहान सामूहिक रूपमा नेवार समुदायको परम्परागत सांस्कृतिक संस्कार अनुसार दिवङ्गत भएका व्यक्तिको घरबाट निकालिने सपारु (गाइजात्रा) आयोजना गरिएको थियो।

प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा अरू ठाउँमा आफ्नै तरिकाले मनाउने भए पनि धरान सामूहिक रूपमा मनाइने प्रचलन रहेको छ ।

ea410598-6f2b-4dfd-b183-e6edfffaa7ab

e00af8ed-d5b5-4d8f-80c5-cbf1f360a886

गाईजात्राको औपचारिक कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, कोशी प्रदेशका सांसद यशोदा कायस्थ लगायत सहभागी थिए ।

गाई जात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।

नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन ।

धरानमा सिद्धि नेवाः परिषद्को आयोजनामा २०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्न थालिएको हो ।

d771b77b-9c6e-4287-b756-97256ec13bf00dfb694f-72b7-4e46-8414-0fd5ef129ef8