टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी

समाचारदाता : गोपाल पौडेल

 २०८१ भदौ ०५ गते ।

धराने मिडिया : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

गत वर्षकाे कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियाे । टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारकाे मन्त्रीपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेकाे थियाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

केही दिनअघि, टिकटकले नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयलाई केही प्रतिबद्धतासहित पत्राचार गरेकाे थियो । टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पुरा गर्न तयार रहेको उल्लेख गरेकाे थियाे ।