कटुवा पेस्तोल सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

झापा, भदौ ०६ गते ।

धराने मिडिया : झापाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । 

राती ८ बजे आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर भित्र खानतलासी गर्दा लुकाई छिपाई राखेको १ थान अबैध हतियार कटुवा पेस्तोल बरामद गरेसगै आङ्देम्बेलाई पक्राउ गरेको हो ।

कटुवा पेस्तोल सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर