धरानमा स्काउटद्वारा रोभर-रेन्जरलाई प्रशिक्षण

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०६ गते ।

धराने मिडिया : धरान-१२ स्थित होटल पुर्वि स्टारमा नेपाल स्काउटको आयोजनामा रोभर-रेन्जरलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

 "Let's stand against online hate speech" शिर्शक रहेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न क्रियुका ३० जना रोभर-रेन्जरक सगभागीतामा रहेको थियो।

पछिल्लो समय (सामाजिक संजाल) अनलाइनमा बढ्दो घृणापुर्ण शब्दलाई न्युनिकरण गर्ने उदेश्यले नेपाल स्काउटद्वारा स्मार्ट सफर्स कार्यक्रम  सुरु गरिएको हो। कार्यक्रममा घृणापुर्ण शब्दका कारण उत्पन्न हुने कानुनी समस्या र त्यसका प्रावधानबारे जानकारी गरिएको थियो।

c9baa3ab-2c2d-4017-8ae7-5e1711a37e87

कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख एवम धरान स्थानिय स्काउट प्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा सहभागी रोभर-रेन्जरलाई आउने दिनमा सिकेका कुरालाई आफ्नो जिवनमा कार्यनय गर्ने र अरुलाई पनि सिकाउन आग्रह र अनुरोध गरेका थिए। 

प्रशिक्षणमा सृष्टि न्यौपाने, अपेक्षा श्रेष्ठ, प्रतिक्षा खनाल र पुजा अधिकारीले सहजीकरण गरेका थिए भने कार्यक्रमको उद्घोषण रेन्जर नविना मङरान्तिले गरेका थिए।

760249ba-8ef3-473f-a5b8-d8468cc4c0f8

पोखरा महानगरपालिकाका स्थानिय स्काउट शैक्षिक पध्दति आयुक्त प्रतिक्षा खनालका अनुसार प्रशिक्षण कार्यक्रममा सोचे भन्दा राम्रो सहभागिता भएको उनले बताए। उने भेन, "यस  प्रशिक्षणले आउने दिनहरुमा अनलाइनमा बोलिने घृणापुर्ण शब्दहरु न्युनिकरण हुने छ र यस्ता कार्यक्रमको मार्फत सचेत रहन पनि सहयोग पुग्ने छ।" 

5aa22ecd-da18-4f39-b44e-7ce97872b391

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय कार्यसमिति सदस्य नवलप्रसाद उपाध्याय, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, कोशी प्रदेश शैक्षिक पध्दति आयुक्त पुरु्षतर्फ सुशील राई - महिलातर्फकी सिवानि देवान, स्काउट कोशी प्रदेश अधिकृत नवराज घिमिरे, कुशेश्वर राय, मधुसुधन घिमिर, सुर्य कुमार सुनुवार, अनुज भट्टराई लगायतको उपस्थिति रहेको थियो।

bd55a935-80cf-4c78-94f5-92123e12d7e6d7f6bb59-2f3a-4bfa-b04c-3ec14d1f4a88549ce8b1-5ca4-4bf4-bf00-acffdd7314ee3e10d5ae-c5f7-4960-83ab-cbc894026625e2e8b537-6ce5-4904-a0c4-1aa0487ced2e6d54c339-4e0c-4e2d-b2c2-f772a1c1ef82