वर र वधु चलचित्रको "सिरि सिरि हावा' म्युउजिक भिडियोमा आचलको हट अवतार

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०६ गते ।

धराने मिडिया : भाद्र १४ गते रिलिजको तयारीमा रहेको चलचित्र वर र वधुको 'सिरि सिरि हावा' बोलको म्युउजिक भिडियो युटुबमा सार्वजनिक भएको छ।

गायक सुगम पोख्रेल र गायिका नेहा करोडे स्वरमा निर्माण भएको उक्त भिडियो 'OSR Digital' युटुब च्यालनमा बिहिबार दिउँसो ४ बजे रिलिज गरिएको थियो। नरेश भट्टराईको शब्द र युग भुसालको संगित रहेको म्युजिक भिडियोको सम्पुर्ण छायांकन नेपाल बाहिर युरोप सम्पन्न गरिएको हो। 

एल.आर.के एंटरटेनमेंट ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा कलाकार आचल शर्मा र विवेक कर्मचार्यले अभिनय गरेका छन।

युरोपको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा दुवै कलाकारको फरक फरक अवतार देख्न सकिन्छ। भिडियो कहि विवेकको सुन्दर रुप देख्न सकिन्छ भने कहि आचलको हट अवतार देख्न सकिन्छ।

३ मिनेट ४७ सेकेन लामो उक्त म्युजिक भिडियो मिलन चाम्सको निर्देशनमा बनेको भएको हो भने निर्माण जानुका थापाले गरेकी हुन।