बस दुर्घटनामा १४ को मृत्यु, १६ जना घाइते

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०७ गते ।

धराने मिडिया : तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

पोखराबाट काठमाडौं आइरहेको भारतीय पर्यटक सवार युपी ५४ एफटी ७६२३ नम्बरको बस शुक्रबार दिउँसो ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्ने काम गरिरहेका छन्।

बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।