विराटनगरमा धरान-७ का एक युवक लागुऔषध सहित पक्राउ
समाचारदाता : गोपाल पौडेल
धराने मिडिया : मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साँझ मोरङको विराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुनसरी धरान उप-महानगरपालिका- ७ का ३४ बर्षीय मिलन श्रेष्ठलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भोक्राहा नरसिंह गाँउपालिका- ६ स्थितमा खटिएको प्रहरी टोलीले ईटहरी-१७ का २२ बर्षीय अजिन मिया र २४ बर्षीय रमत मियालाई ८ सय मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको हो ।
लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर