खोलामा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

खोटाङ, भदौ ०९ गते ।

धराने मिडिया : खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोजकुमार राईको ९ बर्षीय छोरा राज राई र टंकराम राईको ११ बर्षीय छोरा अर्जुन राई रहेका छन् ।

दिउँसो बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुबैजनाको डुबेर मृत्यु भएको थियो भने घटना सम्बन्धमा जानकारी प्राप्त भएसगै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर