दशरथ पथ टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ९ गते ।

धराने मिडिया : धरान-१५ स्थित दशरथ पथ टोल विकास संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

गत शनिबार धरान-८ स्थित हरियाली सामुदायिक वन सभा हलमा भएको उक्त कार्यक्रममा धरान उपमहानगरपालिका-१५ का वडा अध्यक्ष नरेश इवाराम्ङले पानसमा दिप प्रज्वल गरि कार्यक्रमको उद्घाटन गरेका थिए।

 कार्यक्रममा प्रमुख अतिथि रहेका वडा अध्यक्षले वडा १५ मा अरु टोल बिकास संस्था भन्दा दशरथ टोल बिकास संस्था धेरै सक्रिय र प्रभावकारी भएको बताएका थिए।

उनको करिब ४५ मिनेट लामो मन्तव्यको क्रममा टोल बिकासले गरेका विगतका उपलब्धि बारे पनि जानकारी दिएका थिए। त्यस्तै अन्त्य उनले आउने चुनावमा सहि नेत्तित्व चुन्न सबै सामु शुभकामना र सुझाव पनि दिएका थिए।

5685585d-8880-4f91-b41c-dc297df9fde3

Naresh Iwarang

कार्यक्रमको सुरुवातमा टोल बिकास संस्थाका कोषाध्यक्ष चुडामणी अधिकारीले संस्था तथा आफ्नो व्यक्तिगत तर्फबाट स्वागत मन्तव्य राखेका थिए। उनले उपस्थित सम्पुर्णमा टोल बिकास संस्थाको खुलेर प्रशंसा पनि गरेका थिए।

कार्यक्रमको दौरान दशरथ टोल बिकास संस्थाका पुर्व अध्यक्ष नवीन मेन्याङ्बोले आफ्नो शुभकामना मन्तव्य राखेका थिए। उनले यस टोल बिकास संस्थाले समाजला छोड्दै लगेको र यसरी नै छोड्दै लान सुझाव दिएका थिए। अन्त्यमा उनले टोल बिकास संस्थालाई सम्पुर्णले पुराना दिनहरुमा दिएको सात सहयोग धन्यवाद दिएका थिए र आउने दिनहरुमा यसरी सात दिने अनुरोध पनि गरे।

f81d5cca-8ca7-4a9a-b901-0ee65e076534Nabil menengbo

त्यस्तै गरि संस्थाका कोषाध्यक्ष चुडामणी अधिकारीले कार्यक्रमको विचमा संस्थाको २०८०/८१ को आर्थिक प्रतिवेदन(आय ब्याय ) सार्वजनिक गरेका थिए भने सचिव चन्द्र प्रसाद श्रेष्ठले प्रगति विवरण पेश गरेका थिए।

कार्यक्रममा विषेश अतिथि धरान उपमहानगरपालिकाका १५  न. वडाका सदस्य सृजना नेपालले यस टोल विकास संस्थाले गर्दै आएका कामहरुलाई निरन्तरता दिन संस्थालाई शुभकामना दिएकी थिइन। उनले यो संस्था बाकी अरु टोल बिकास संस्था भन्दा फरक रहेको बताए। यस संस्थाले विगतमा धरान उपमहानगरपालिका वडा न १५  को उत्कृष्ट टोल बिकास संस्थाको पुरस्कार प्राप्त गरेको पनि उनले बताइन।  

123dbdff-41d0-4216-badd-5a8003149f5bSrijana nepal

कार्यक्रममा दशरथ टोल बिकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा, विषेश अतिथि धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, धरान उपमहानगरपालिकाका १५  न. वडाका सदस्य रगलाल गिरि, बादल भट्टराई, रचना नेपाली लगायतको उपस्थिति रहेको थिए।

Ganesh khatiwada

37f26501-30b3-4312-9e0c-0d92b2429baa

2af0064a-75ee-4505-b164-f3762b12859b