लागुऔषध सहित ८ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८१ भदौ ११ गते ।

धराने मिडिया : झापा र  मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागु औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले दिउँसो विराटनगर महानगरपालिका-११ जनपथ टोल स्थितबाट प्र १-०२-००४ ह ०८३१ नम्बर को अटो चालक विराटनगर महानगरपालिका-६ का २७ बर्षीय मनिष कुमार साह अटोमा सवार भारतका २५ बर्षीय गुड्डु कुमार, २७ बर्षीय मोहमद अन्सार आलमको साथबाट १६ ग्राम ३९ मिलिग्राम खैरो हिरोईन फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको हो।

 यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले राती साढे ८ बजे पथरिशनिश्चरे नगरपालिका-९ का २४ बर्षीय नबिन राई, पथरिशनिश्चरे-५ का २३ बर्षीय सजित राय, २२ बर्षीय सुजन खड्का, ईलामको चुलाचुली गाउँपालिका-४ का २६ बर्षीय मिलन राईलाई ट्रामाडोल १३८ चक्कि र डिकोलिक १५० चक्कि सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी हिजो साँझ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरादह र प्रहरी चौकी महारानीझोडा झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-७ का १९ बर्षीय मिलन बस्याललाई उनकै घरबाट प्रतिबन्धित औषधी एन्टिकफ ट्यावलेट  २२५० पिस र ट्रामाडोल ७०० पिस सहित नियन्त्रणमा लिएको हो । 

लागुऔषध सहित नियन्त्रणमा लिईएको सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर