कारबाट बरामद गरीयो ठुलो परिमाणको लागुऔषध गाँजा

समाचारदाता : गोपाल पौडेल

२०८१, भदौ १२ गते ।

धराने मिडिया : इलाका प्रहरी कार्यालय रानी मोरङले  बिराटनगर महानगरपालिका- १८ राजाबिराट चोक स्थित ICP सडक खण्डबाट कारमा लुकाई छिपाई लैजादै गरेको ठुलो परिमाणको लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरको छ ।

 राती साढे २ बजे गस्तीमा खटिएको प्रहरी टोलीले WB16U1071 नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा  ७२ किलोग्राम गाँजा सहित भारत जोगबनीका ४० बर्षीय बैजनाथ रजक, पप्पु रजक र आलोक कुमार रजकलाई नियन्त्रणमा लिईएको हो ।

लागुऔषध गाँजा र कार सहित नियन्त्रणमा लिईएका उनिहरुको  थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर