धरान-३ माछाभौडीमा छुरा प्रहार,  १४ वर्षीय बालिकाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१, भदौ १२ गते ।

धराने मिडिया : धरान-३ माछाभौडीमा छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।

मङ्गलवार दिउँसो धरान-३ माछाभौडीमा छुरा प्रहारको घट्नामा गम्भीर घाइते भएकी छोरी युजिन शाहीको उपचार गर्दागर्दै वीपी प्रतिष्ठान अस्पतालमा मृत्यु भएको हो।

छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्ति सङ्खुवासभाको खाँदवारी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौँ डेरा गरी बस्ने ३३ वर्षीय प्रवीण बराल भएको पुष्टि भएको वडा प्रहरी कार्यालयका इञ्चार्ज रुद्र खड्काले पुष्टि गरेका छन् । उनलाई ईलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ ।

माछाभौडि स्थित युनिसा मोबाइल सेन्टरमा बसिरहेको समयमा पौने १२ बजेको समयमा आमा छोरीमाथि बरालले एक्कासी आक्रमण गरी छुरा प्रहार गरेका थिए ।

घटना विवरण बारे थप जानकारी  आउन बाकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने बराल माथि अनुसन्धान भई रहेको जनाएको छ ।