मिसेस धरान आइकोनका विजेतालाई नगद पुरस्कार वितरण

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ १३ गते ।

धराने मिडिया : गत शनिबार भदौ ८ गते एल एड सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन २०२४ सिजन एकको विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाको प्रमुख अतिथितामा बुधबार धरान-१३ स्थित थि धरान भ्यु रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा मिसेस धरान आइकोन २०२४ का विजेता डा. सगुन खनालले नगद रु ३०,०००, दोस्रो भगिमाया लिम्बूले रु २०,००० र तेस्रो लक्ष्मी राईले नगद रु १०,००० प्राप्त गरेका थिए।

04b8309d-5e85-42ab-85cd-2002503e23cc3cfb4809-b6e5-4b31-a8e1-958ac5c109b9c184ccb3-61c0-4446-b2a6-e2b8f6ce5c15

त्यस्तैगरि कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम वेघा, कार्यक्रम आयोजना स्थल थि धरान भ्यु रेस्टुरेन्ट, ग्रान्ड फिनालीका कार्यक्रम संचालक रिङ्छेन तामाङ - तिर्थ कार्की र विशेष अतिथि महिला संजाल धरान की पुर्व अध्यक्ष एंवम आसरा सुधार केन्द्र धरान की प्रथम उपाध्यक्ष शिला बज्रचार्यलाई मायाको चिनो वितरण गरिएको थियो।

f2cba2cd-4c5f-4758-bc90-6b6abd8bf6ee30258c76-8721-44a3-8591-6a3fe4f545bffc036e5b-6776-4bfb-94fb-89d7b01bb6e8947df230-8fc2-4ebd-8a4e-88ae9e7036801a1af7b4-a2bd-4fa7-8698-4f4155324b92

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुखले सबै विजेतालाई बधाई ज्ञापन गरेका थिए। उनले सुन्दरी प्रतियोगितालाई विगतमा हेर्ने दृस्टिकोन फरक रहेको र अहिले आएर धेरै कुरा परिवर्तण भएको बताए।

पहिला छालाबाट मात्रै मोडेललाई हेर्ने गरेको थियो भने अहिले आएर सबै कुराको हिसाबकिताबले मुल्यकंन गर्दै आएको उनले बताए। अन्त्यमा उनले विजेताहरुलाई आउने दिनहरुमा समाजमा सकारात्मक काम गरेर अघि बढ़्न सुझाव दिएका थिए।

6c4cb528-02b2-4113-aed1-2f60b62d227f

अन्त्यमा एल एड सि मोडेल एजेन्सी प्रा.लि का संचालक दिपक गिरिले प्रतियोगितामा सहभागी सम्पुर्णलाई धन्यवाद र विजेतालाई बधाई तथा आउने दिनको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए। 

मिसेस धरान आइकोन २०२४ का ईभेट निर्देशक निश्चल पलिखेलेले गरेका हुन।

19cae77e-b81d-406a-bb7b-247c7d9a5ef982562c40-a73a-490a-9784-244d5ea3939a