धरान-६ पानमारीबाट केरावारी-६ का दुई युवा प्रहरी नियन्त्रणमा

समाचारदाता : गोपाल पौडेल

२०८१, भदौ १४ गते ।

धराने मिडिया : सुनसरी र इलामबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितमा प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२९ प ८२१६ नम्बरको स्कुटरमा सवार रहेका मोरङ केरावारी-६ का २३ बर्षीय दुर्गा बहादुर लिम्बु र २४ बर्षीय जेनेफ लिम्बुलाई नियन्त्रीत औषधी ट्रामाडोल २ सय क्याप्सुल र डिकोलिक २ सय ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसैगरि इलामको माई नगरपालिका-१ सधुवाका कर्ण बहादुर खड्कालाई ६ सय ग्राम गाँजा सहित प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर