धरान स्काउटको वृहद हाईकिङ सम्पन्न

समाचारदाता : हेमन्त भण्डारी

२०८१, भदौ १४ गते ।

धराने मिडिया : विद्यार्थीहरुको सर्वाङ्गीण विकाशका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने स्काउटले विहीबार वृहद हाइकिङ सम्पन्न गरेको छ ।

स्थानीय स्काउट कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत रहेको हाइकिङ् शिक्षा सदन मा.वि धरान-१५ बाट सुरु भएर शिक्षा ज्योती आधारभूत विद्यालय धरान ४ सम्म पुगेको थिए । 

१७ स्काउट विद्यालय तथा ५ क्रियुका ६०० भन्दा बढी स्काउटको सहभागिता रहेको हाइकिङमा स्काउटहरुले खोजका सङ्केतका माध्यमबाट आफ्नो क्याम्प क्षेत्रसम्म पुगेका थिए । 

4232f2d5-f9a3-412c-b2dd-ae1bd433a5f5fe65fd99-0fa9-4328-b4d9-054bcfad072e

सो हाइकिङमा नगर उपप्रमुख एवम् स्थानीय स्काउट प्रमुख अइन्द्र विक्रम वेघा, स्काउटका कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश शैक्षिक पद्दती आयुक्त शुशील राई, प्रदेश परिषद् सदस्य गोपाल पौडेल, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडा लगायतको सहभागिता रहेको जानकारी हाइकिङका संयोजक स्थानीय सुसासन, श्रोत विकास तथा वित्त आयुक्त सूर्यकुमार सुनुवारले थिएका थिए।

5ed9ec5a-11a4-4a28-90e0-aeaedd534e8a46caf8ce-313c-47b6-aa8a-789df031de64

सन् १९९८ मा फ्रेन्च स्काउट सँगको सहकार्यमा तत्कालिन सुनसरी जिल्ला स्काउटले शिक्षा ज्योति विद्यालयको भवन लगायत निर्माण गरेकाले स्काउटको भावनात्मक सम्बन्ध बसन्तटारसँग रहेको नगर उपप्रमुखले कार्यक्रममा बताए।

कार्यक्रममा सहभागीहरुलाई सर्टिफिकेट र दक्षता ब्याज प्रदान गरिएको स्थानीय शैक्षिक पद्दती आयुक्त मधुसूदन घिमिरेले जानकारी थिए।

9ad60d4d-a33c-4bae-bdad-904917e942b0999f0b89-fabd-4cc7-afb5-da915ff65f7f175cea34-e533-4519-a50a-f6cc5a058ffb