बिष्फोटमा परी २ बाल बालिकाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

पाँचथर, २०८१ भदौ १५ गते ।

धराने मिडिया : पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थितमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दिलिप सावाको २ बर्षीया छोरी प्रिन्सा सावा र ११ बर्षीय छोरा दिप्सन सावा रहेका छन् । 

बिगत १० बर्ष देखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञान बहादुर राईको स-परिवार बस्दै आईरहेकोमा भाद्र १३ गते अपरान्ह ३ बजे ज्ञान बहादुर राईको १३ बर्षीय छोरा पवन राई, छिमेकी दिलिप सावाको ११ बर्षीय छोरा दिप्सन सावा, २ बर्षीया छोरी प्रिन्सा सावा र दिपक राईको ७ बर्षीय छोरा दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक के कुन बस्तु बिष्फोट भएको थियो ।

बिष्टफोटबाट घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ बर्षीय दिप्सन राईको अवस्था सामान्य भएको र अन्य ३ जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा दिप्सन सावा र प्रिन्सा सावालाई थप उपचारको लागि लगिएकोमा प्रिन्सा सावाको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घरको पछाडि बारीको काँल्लामा समेत संकास्पद डल्लो बस्तु फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट नेपाली सेनाको टोली घटना स्थलमा खटि गई भाद्र १४ गते ११:२५ बजे डिस्पोज गरेको, उक्त संकास्पद बस्तु Home made socket रहेको पुष्टि भएको तथा घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर