धरानबाट लागुऔषध सहित पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ १६ गते ।

धराने मिडिया : सुनसरीको धरानबाट लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । 

भदौ १३ गते बेलुका सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ बर्षीय रोशन राईलाई १२ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी धरान-२ स्थितमा डेरा गरी बस्दै आएका २८ बर्षीय मोहमद सहजादालाई ट्रामानिज र स्पास्मो  १ हजार २ सय ८६ क्याप्सुल, नाट्राभेट- ८ सय ६० ट्याब्लेट र स्कफ १७ बोतल सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर