बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

झापा, भदौ १७ गते ।

धराने मिडिया : झापाको बिर्तामोड नगरपालिका-५ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । 

भदौ १५ गते साँझ सवा ५ बजे बिर्तामोड प्रदेश १-०२-००२ ख ००३५ नम्बरको बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार रहेकी इलाम माई नगरपालिका-४ की ३० बर्षीया तुलसा पाँचकोटी घाईते भएकोमा तत्काल उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

दुर्घटनामा संलग्न बस चालक झापा कन्काई नगरपालिका-३ का हिमाल बि.क र मोटरसाइकल चालक इलाम नगरपालिका-४ का ठिर प्रसाद सुवेदी तथा दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर