धरानको निसानेबाट ठुलो परिमाणको लागुऔषध गाँजा बरामद

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ भदौ १९ गते ।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१३ निसाने स्थितबाट लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भदौ १७ गते बिहान ९ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा. ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कार भित्र ४ वटा बोरामा प्याकिङ गरि लुकाई छिपाई राखेको ९८ किलोग्राम गाँजा बरामद गरेको हो ।

 गाँजा बरामद भएसगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ । 

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर