धरानमा मृत्यु भएका दुई विद्यार्थीको परिवारलाई कार्यपालिका बैठकबाट आर्थिक सहयोग पारित, भदौ २० मा शोक विदा

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ १९ गते।

धराने मिडिया : धरानमा भदौ ११ र १३ गते मृत्यु भएका दुई विद्यार्थीको परिवारलाई धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले रु पाच लाख आर्थिक सहयोग पारित गरेको छ।

भदौ १८ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सभा हलमा बसेको बैठकमा उक्त निर्णय पारित भएको हो।

भदौ १३ गते भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकमा भदौ १४ गते धरानका विद्यालयहरु विदा दिएको थियो। शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्दै नगर प्रमुखस्तरीय निर्णयबाट शोक विदा दिइएको जानकारी दिएका थिए।

त्यस्तै भदौ ११ गते छुरा प्रहारबाट धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाहीको मृत्यु भएको थियो। मृत्यु भएको शोकमा धरान उपमहानगरपालिकाले भदौ २० गते शोक विदा दिने निर्णय गरेको छ।