सुनसरीमा टेम्पुको ठक्करबाट बालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ भदौ २० गते ।

धराने मिडिया : सुनसरीको गढि गाँउपालिका-२ भमरी चोक स्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् ।

भदौ १७ गते साँझ साढे ६ बजे को. २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

 ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका-१० का ४० बर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर