पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम, ५० जना महिलालाई सारी उपहार

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ भदौ २० गते ।

धराने मिडिया : नेपाली कांग्रेसले धरानको पटनालीमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । धरान उपमहानगरपालिकाको १७ नं. वडामा पर्ने साविक विष्णुपादुका गा.वि.स. को पटनालीमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो ।

कार्यक्रममा सत्य भजन कृतन मण्डली परिवार र आदर्श भजन कृतन मण्डली परिवारका ५० जना महिलाहरुलाई सारी उपहार प्रदान गरिनुका साथै तीज विशेष देउडा गीत प्रस्तुत र नृत्य गरिएको थियो । 

सहभागीहरुलाई खीर, आलुदम, अचार लगायतका परिकार बनाएर दर समेत खुवाईएको थियो । कार्यक्रमलाई सहयोग गर्ने र ज्येष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र कार्यक्रम संयोजक महेन्द्र तामाङको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस प्रदेश महामन्त्री उमेश थापाले शुभकामना व्यक्त गर्दै गाउंको घर आंगनमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको भन्दै क्षेत्रीय समितिको प्रशंसा गरेका थिए ।

e28060fd-5829-4c40-816c-c462cdc08145

सभापति तामाङले तीज पर्व पछिल्लो समय महंगो र भड्किलो बन्दै गएको तथा महंगो महंगो पाटी प्यालेस र होटलमा चर्को प्रवेश शुल्क लिएर तीज मनाइन थालेपछि तीज पर्व निम्न वर्गका महिलाहरुको पहुंच भन्दा पर हुंदै गएकाले गाउं वस्तीभित्र सबै वर्ग, जाति र राजनीतिक आस्थाका महिलाहरु तीज पर्वमा रमाउन, नाच्न, गाउन सकुन् भनेर समुदायस्तरमा तीजको कार्यक्रम कार्यक्रम गरिएको बताएका छन् ।

सुनसरी जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरेले नेपाली कांग्रेस पार्टीले सबै राजनीतिक आस्था, जाति, धर्म र वर्गका महिलाहरुलाई बोलाएर सामुहिक रुपमा तीज कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गरे । उनले अहिलेसम्म पार्टीले गर्दा आप्mना सदस्यहरुलाई मात्र बोलाउने र संघंसंस्थाहरुले गर्दा पनि आप्mना सदस्यहरुलाई मात्र बोलाउने गरेकोमा कांग्रेसले कसैलाई विभेद नगरी सबैलाई बोलाएर उदाहरणीय र प्रशंसनीय कार्य गरेको बताए ।

3b7d05c9-d36c-43d2-abdf-9a1dd982497e

कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य गणेश परियार, जिल्ला सचिव माधव घिसिङ, वडा सभापति सुरज कार्की, सत्य भजन कृतन मण्डली परिवारका अध्यक्ष तारा खत्री, आदर्श भजन कृतन मण्डली परिवारका अध्यक्ष भोजकुमारी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रदेश सांसद ममता तामाङ समेत सहभागी हुन आईपुगेका थिए ।

समुदायमा आधारित तीज विशेष कार्यक्रम यस अघि बराहक्षेत्रको कालाबञ्जारमा सम्पन्न भईसकेको छ भने धरान उपमहानगरको महादेव चौक, बराहक्षेत्र नगरको चतरा तथा रामधुनी नगरको बक्लौरीमा समेत आयोजना हुने कार्यक्रम संयोजक महेन्द्र तामाङले बताए ।

29d56bd7-a380-46e6-bed6-5b86132e2412

कार्यक्रममा महासमिति सदस्य कृष्णकला मादेन, जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय कोषाध्यक्ष सुवणर् श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यहरु आराध्यदेवि राई, शिखा चेम्जोङ, कमला श्रेष्ठ, तारा खत्री, लक्ष्मीराम कार्की, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नगर सचिव जितेन्द्र राई, प्रदेशसभा प्रतिनिधि भलबहादुर दाहाल लगायतका नेतागणहरुको सहभागिता रहेको थियो ।