ट्याक्टरले किच्चेर १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

संखुवासभा, २०८१ भदौ २१ गते ।

धराने मिडिया : संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । 

भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर