स्थानीय स्काउट धरानको प्रमुख आयुक्तमा मधुसूदन

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २१ गते ।

धराने मिडिया : स्थानीय स्काउट कार्यसमिति धरान उपमहानगरपालिकाको प्रमुख आयुक्तमा मधुसूदन घिमिरे नियुक्त भएका छन।

भदौ  २० गते धरान उपमहानगरका प्रमुख एवम् स्थानीय स्काउट संरक्षक हर्कराज राईले नेपाल स्काउट नियमावली २०७७ (संशोधन २०८० ) को परिच्छेद १० को नियम ३०(२) बमोजिम प्रमुख आयुक्तमा नियुक्त गरेका हुन।

यसअघि २०८० माघ २२ गते नेपाल स्काउटको स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा निर्वाचित स्थानीय परिषद्का सदस्यहरुमध्येबाट २०८० फाल्गुण ४ गते संरक्षकले अनुप योञ्जन तामाङलाई स्थानीय प्रमुख आयुक्तमा नियुक्त गर्नुभएको थियो । 

स्थानीय प्रमुख आयुक्त अनुप योञ्जन तामाङको २०८१ असार २८ गते असामायिक स्वर्गारोहण भएपछि उक्त पद रिक्त रहन गएको थियो । नेपाल स्काउटको ऐन २०५०(केहि संशोधन ) र यस अन्गर्तत बनेको नियमावली २०७७ बमोजिम स्थानीय स्काउटको संरक्षकका रुपमा नगर प्रमुख र स्थानीय प्रमुख स्काउटको रुपमा नगर उपप्रमुख रहने ब्यवस्था रहेको छ ।