लागुऔषधी सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २२ गते ।

धराने मिडिया : मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ १९ गते साँझ ६ बजे मोरङको सुनवर्षी नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मे. ६ प १८२८ नम्बरको स्कुटरबाट प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार ४ सय २० क्याप्सुल बरामद गरेसगै स्कुटर चालक स्थानीय २२ बर्षीय अप्सर आलम र स्कुटरमा पछाडी सवार सुनवर्षी- ८ का २८ बर्षीय प्रदिप कुमार राजवंशीलाई पक्राउ गरेको हो ।

 त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ बाट स्पास्मो ८ र नाईट्राभेट ८ ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका- १० का २० बर्षीय सुरज खत्रीलाई पक्राउ गरेको हो । 

लागुऔषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर