हिजो गणेश चतुर्थी मनाइयो

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २३ गते ।

धराने मिडिया : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व हिजो मनाइएको छ ।

भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" ।  यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।


:: श्री गणेशाय नम ::

शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।

विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।

लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।

वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।