लागुऔषध सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८१ भदौ २४ गते ।

धराने मिडिया : झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ २३ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

 त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो ।

 लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर