अब सरकारी कार्यालयमा कर्मचारीको खाजा समय आधा घण्टा मात्रै

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २५ गते ।

धराने मिडिया : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरेको जानकारी दिएका छन् । 

सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका हुन्।

साथै उनले त्यो अनुसार नगरि खाजा समय धेरै लिएको पाएमा त्यसका बारेमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध पनि गरेका छन् ।

यसअघि सरकारी कर्मचारीले १ बजेदेखि २ बजेसम्म १ घण्टाको खाजा समय पाउथे । तर कतिपयले खाजाको नाममा १ घण्टाभन्दा बढी समय कार्यालय बाहिरै बिताउँथे । यो समयमा आफ्नो व्यक्तिगत काम गर्ने प्रवृति समेत बढ्दो थियो । यिनै विकृति अन्त्यका लागि सरकारले खाजा समय घटाएर आधा घण्टा कायम गरेको हो ।