समुदायमा आधारित तीज तथा जितिया पर्व विशेष कार्यक्रम सम्पन्न, सांस्कृतिक-सामाजिक सद्भावमा वृद्धि

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २५ गते ।

धराने मिडिया : नेपाली कांग्रेसले समुदायमा आधारित तीज तथा जितिया पर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले बक्लौराीमा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई समेटेर कार्यक्रम गरेको हो ।

कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, आमाछोरी वीचको गिति नाटक, तीज नृत्य प्रतियोगिता तथा जितिया पर्व र संस्कृति सम्बन्धि मौलिक गीत तथा नृत्य प्रस्तुतिका साथै घैला फुटाउने खेल, आई क्यू टेष्ट समेत गरिएको थियो । गिति नाटकले दर्शक तथा सहभागी सबैको आंखा रसाएका थिए भने कलाकार स्वयं पनि भावुक भएर रोएका थिए । 

सहभागीहरुलाई खीर, आलुदम, अचार, जुलवी, पान लगायतका परिकारको दर समेत खुवाइएको थियो । कार्यक्रममा सहयोग गर्ने व्यक्तित्वहरुलाई विशेष सम्मान समेत गरिएको थियो ।

672c2c19-09ce-4dcd-a97c-758f41cb0b17

नृत्य प्रतियोगितामा रामधुनी ६ की अरुणा परियार प्रथम, रामधुनी ६ की अरुणा तामाङ दोश्रो र रामधुनी ७ की रमिता चौधरी तेश्रो भएकी थिइन । त्यसै गरी रामधुनी ७ की विष्णु राई र दिक्षा मालीले सान्तवना स्थान हासिल गरेकी थिइन । रामधुनी ६ की कमला गुरुङ वेष्ट ड्रेसको उपाधी जित्न सफल भईन । घैला फुाटाउने खेलमा रामधुनी ७ की रितिशा चौधरी र आई क्यू टेष्टमा रामधुनी ७ की मन्जु चौधरी विजयी भएकी थिइन । उनीहरुलाई साडी, रिचार्ड कार्ड र नगद पुरस्कार प्रदान गरिएको थियो । नृत्यको निणर्ायकको भूमिका प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ र नृत्य विज्ञ हिना गुरुङ राईले गरेका थिए ।

0f524cbf-97f1-400e-8865-719726b6f15e

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा र क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कांग्रेसका सुनसरी जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारीले शुभकामना व्यक्त गर्दै क्षेत्रीय समितिले तीज र जितिया पर्वको कार्यक्रम एकसाथ गरेर प्रशंसनीय कार्य गरेको बताए । वीपी कोइरालाले पाटी जहिले पनि जनतामा जानुपर्छ भन्नुभएको बताउंदै क्षेत्रीय समितिले तीज र जितिया पर्वको अवसरमा समुदायमा आधारित कार्यक्रम गर्दै पाटीलाई जनतामाझमा पुर्‍याएको बताए ।

56df25a9-b902-4a99-a669-35b5c57216e5

सभापति तामाङले तीज हिन्दु नारीहरुको चाड भएतापनि पछिल्लो समय आम नारीको साझा चाडको रुपमा विकास भएको तर महंगो, भड्किलो हुनका साथै विकृति बढ्दै गएकाले निम्न वर्गका महिलाहरुले पनि तीज पर्वमा रमाउन सकुन् भनेर टोलवस्तीमा र समुदायस्तरमा तीज विशेष कार्यक्रम गरिएको बताए । उनले थारु जातिको विशेष सांस्कृतिक पर्व जितिया पनि नजिकै आएकाले सामाजिक र सांस्कृतिक सद्भावमा थप वृद्धि गर्ने उद्देश्यले तीजसंगै जितिया पनि एकै साथ मनाइएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापतिद्धय नगेशचन्द्र राई, पंकज महतो, सचिव विरेन्द्र साह, प्रदेश सांसद ममता तामाङ, रामधुनी नगर सभापति सुदिप अधिकारी, उद्योग वाणिज्य संघ, रामधुनीका अध्यक्ष नविन कुमार चौधरी, क्षेत्रीय सदस्य पर्शुराम चौधरी, नेपाल महिला संघ सुनसरीका सभापति विजया कटवाल, रामधुनी ६ की कार्यवाहक सभापति इन्दु राजधामी लगायतले मन्तव्य राखेका थिए । 

adc18f57-3af6-4487-8ebc-79db1ff772c8

कार्यक्रममा महासमिति सदस्य जगतबहादुर कार्की, कोशी प्रदेशका पूर्व मूख्य न्यायधिवक्ता बुद्धिबहादुर कटवाल, जिल्ला सदस्य प्रदिप बस्नेत, नेपाल किसान संघ जिल्ला सदस्य भोला चौधरी, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सल्लाहकार रामराज महत, काशीराम चौधरी सदस्यहरु उमेश पौडेल, सम्राट क्षेत्री, निरज श्रेष्ठ, शिवकुमार राई, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, प्रदेशसभा १(१) उपसभापति झुमादेवि राई, कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, प्रदेशसभा २(२) कोषाध्यक्ष वविता कोइराला, नेपाल किसान संघ प्रदेशसभा १(२) सभापति शिव कार्की, कोशी प्रदेश शुभेच्छुक संस्था समन्वय विभागका सदस्य सचिव धिरज भट्टराई, रामधुनी ६ का वडा अध्यक्ष शिवशंकर राजधामी, नगर सचिव दोस्तीराम चौधरी, रामधुनी १ का वडा अध्यक्ष महेश चौधरी, बराहक्षेत्र ५ का वडा अध्यक्ष रोहित काप्mले, रामधुनी ७ का कार्यवाहक सभापति जीवन थापा मगर, बराहक्षेत्र ४ का सभापति नुतनकुमार धामी, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय सदस्य धना लिङ्देन मगर लगायतका व्यक्तित्वहरु र थारु कल्याणकारीणी सभा, विभिन्न भजन कृतन समुह, समाज तथा वातावरण सरोकार संस्था, शंकरवेली उपभोक्ता समिति, सत्यवचन परम् ईश्वरीय मार्ग दर्शन संस्था लगायत नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संघसंस्थाको सहभागिता रहेको थियो ।

कांग्रेसले समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चौक, बराहक्षेत्र नगरको चतरा र कालाबञ्जारमा यस अघि नै  गरिसकेको छ ।

53302d40-62cf-4233-b69c-ebfa4172b599