लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धनकुटा, भदौ २७ गते ।

धराने मिडिया : धनकुटाको सहिदभुमी गाँउपालिका- ४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

भदौ २५ गते राती प्रहरी चौकी आखिँसल्लाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को.१ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त पिकअपमा २५ वटा बोरामा २८७ किलोग्राम गाँजा बरामद गरेको थियो । 

लागुऔध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न पिकअप र चालक सहिदभुमी-४ का २५ बर्षीय मेघराज राईलाई समेतलालई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर