कोशी प्रदेश मै पहिलो पटक धरानको महेन्द्र क्याम्पसमा ‘बीए एलएलबी’ पढाई हुने 

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २८ गते।

धराने मिडिया : कोशी प्रदेशमा पहिलो पटक महेन्द्र बहुमुखी क्याम्पस धरानमा मानविकी र कानुन अन्तरगतको ‘बिए एलएलबी’ पढाई हुने भएको छ ।

उक्त कोर्ष ५ वर्षको रहेको क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । अध्यापन यसै शैक्षिक सत्र २०८१ देखि सुरु गर्न प्रवेश खुला गरिएको जानकारी दिएको हो ।

२०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिएको थियो तर बल्ल आएर  स्वीकृति भएपछि पठनपाठन शुरु हुने भएको क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए ।

महेन्द्र बहुमुखी क्याम्पस धरान शहरको मध्य भागमा स्थित एक सार्वजनिक सह-शैक्षिक संस्था हो र त्रिभुवन विश्वविद्यालय संग सम्बद्ध सबैभन्दा ठूलो क्याम्पस मध्ये एक हो।