पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ३१ गते।

धराने मिडिया : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन गरेको हो ।

मूल्य घटेसँगै चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी अब पेट्रोल प्रतिलिटर १६४.५० रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर १६६ र  काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६७ रुपैयाँ मूल्य कायम भएको छ ।