धरानको विश्वकर्मा मन्दिरमा पूजा गर्नेहरुको भीड, प्रवेशद्वारको पनि उद्घाटन

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०१ गते।

धराने मिडिया : आज विश्वकर्मा पूजा । भगवान विश्वकर्माको पूजा गर्न धरानको विश्वकर्मा मन्दिरमा लगायतका स्थानहरुमा भीड रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार आज मोटामोटि १००० देखि १५०० सवारी साधन र ४००० देखि ५००० सम्म भक्तजनहरुको उपस्थिति रहेको थियो। 

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

35981fa8-e3fc-4cdb-b24d-c5e0dc4ff628

9e2d69b9-60d9-4500-910f-c363811dcd94

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

आजको दिन धरानको विश्वकर्मा मन्दिरमा निर्माण भएको प्रवेशद्वारको पनि उद्घाटन गरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवाश श्रेष्ठका अनुसार ६,७५,०००/ लागतमा सो प्रवेशद्वार निर्माण भएको ह।

मन्दिरमा सङ्कलन भएको भेटि र स्थानिय श्रमदानले उक्त गेट निर्माण भएको पनि उनले बताए। 

2f2a0b61-d475-4fee-98b3-b1888cba78e878e0eadd-67ab-46a8-bec6-4d8859706373fbd51eba-e457-4500-aef0-8fddcee716b4