लागुऔषध सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, असोज ०२ गते ।

धराने मिडिया : झापा र सुनसरी जिल्लाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज १ गते साँझ झापाको झापा गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.५ प ९६७३ नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेकोमा स्कुटरमा सवार कमल गाउँपालिका-७ का २५ बर्षीय सन्देश लिम्बु र ३६ बर्षीय पुर्ण बहादुर लिम्बुलाई पक्राउ गरेको छ । 

त्यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकबाट ट्रामाडोल १५ हजार ३ सय ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर