धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०२ गते।

धराने मिडिया : धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ । मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत र विजय राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

पर्यटन व्यवसायी रविन अधिकारीको १ करोड ५० लाख रुपैयाँ लगानीमा सुरु भएको हो। होटेलमा १६ वटा पर्यटक स्तरीय कोठा छन् । छुट्टै कफी सप, ३० जना क्षमताको रेस्टुरेन्ट, छुट्टै मिटिङ र सुविधा सम्पन्न सेमिनार हल छन् । होटेलमा पर्याप्त सवारी पार्किङ स्थल छ ।

होटेलका प्रोप्राइटर अधिकारीले लामो समय देखि होटेल व्यवसाय सञ्चालन गर्दै आएकाले होटेल सन्ध्या इनमा पर्यटकले चाहने सुविधा उपलब्ध गराउने बताए।

उद्घाटनको अवसरमा प्रदेश सांसद बस्नेतले धरानमा सुविधा सम्पन्न पर्यटक स्तरीय होटेलको कमी रहेको बेला होटेल सन्ध्या इन सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले भने ‘स्थानीय सरकारको पहल, पर्यटन एवं होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक छ ।’