चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउनदै गरेको बसमा झोलामा लागुऔषध

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज ०३ गते ।

धराने मिडिया : झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज २ गते साँझ  सुनसरीको धरान-८ स्थितमा प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउनदै गरेको बा.५ ख ५८१० नम्बरको बसमा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामाडोल ८ हजार ९ सय ८० क्याप्सुल बरामद गरेको हो । 

त्यसैगरी बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ-३ का २३ बर्षीय सुरज लिम्बु, २६ बर्षीय किरण मगर, २३ बर्षीय टिकाराम पङगी मगर,  २३ बर्षीय युगल मगर, ६४ बर्षीय मिलन मंगलसिंह लिम्बु र २२ बर्षीय समिर राईलाई नियन्त्रित औषधी ट्रामाडोल, promethazine, cyproheptadine र dycyclominehcl समेत १ हजार २ सय २० ट्याब्लेट र गाँजा ७४२ ग्राम सहित नियन्त्रणमा लिएको हो । 

सोही दिन  झापाको इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति गाँउपालिका-३ की ४५ बर्षीया जैगुन खातुनलाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम-७ का २५ बर्षीय राम बहादुर लिम्बुलाई २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर