स्काउट कार्यालय धरानको आयोजनामा आधारभूत तालिम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०४ गते।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा स्काउट आधारभूत तालिम धरान १३ स्थित स्थानीय स्काउट कार्यालयमा सम्पन्न भएको छ । 

मिति २०८१/५/२९ देखि २०८१/६/३ गतेसम्म आवासिय रुपमा सम्पन्न भएको ५७७ ओँ स्काउट विटिसी तथा ४२७ ओँ स्काउट पिटिसी तालिममा ३९ जना शिक्षकहरुको सहभागिता रहेको थियो । 

तालिमको समापन सत्रका प्रमुख अतिथि कोशी प्रदेशका माननीय उपसभामुख सिर्जना दनुवार रहनुभएको थियो भने विशिष्ट अतिथि  नेपाल स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, वडा नं १३ का वडाध्यक्ष नेत्र काफ्ले, नेपाल स्काउटका प्रदेश सामुदायिक विकाश आयुक्त रिता पाठक, प्रदेश परिषद् सदस्य गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो भने सभापतित्व स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे गर्नुभएको थियो । 

7d005f8f-fb02-44d9-a5c6-dbe23257346efdec6c97-1ca4-4f1a-877a-f09e7ed385b7898794af-fe1e-4978-aa07-8116a461c142

धरान भरिका माध्यमिक विद्यालयमा स्काउट पुर्याउने लक्ष्यका साथ तालिम सञ्चालन भएको र उक्त कार्यका लागि उपमहानगर तयार भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडाले वताउनुभयो । 

कार्यक्रममा स्काउटिङ आजको आवश्यकता भएको र यसलाई प्रदेशका सवै स्थानीय तहमा पुर्याउन जरुरी छ, त्यसका लागि स्काउट र प्रदेश सरकार हातेमालो गरि अघि वढ्नु पर्ने विचार प्रमुख अतिथिले राख्नुभयो । 

तालिमको कोर्सलिडमा प्रदेश शैक्षिक पद्दतीद्वय सहायक राष्ट्रिय प्रशिक्षक  सिवानी देवान र शुसिल राई रहनुभएको थियो ।

6ada33cf-d76d-4764-a468-477b7bf684f31429398a-6414-4bcd-8643-238f1aaaeb5352262bca-86b3-474b-be4e-17a1b00e798a364712b5-3f15-4802-b465-3b545e2c9706660ef8f2-adb5-4e49-b8d0-396d18c04f6046e6d183-5957-4b6a-bf62-cdcd10db479f6ca4ea7f-9355-473d-8ee8-0102f967d0343ffb528d-540f-40ea-962c-7de9798049aa0edad784-87f1-43b7-9e71-dd36206366d72d52b4b3-8278-480b-ba9b-b6a281e3e86e