असोज ५ गते र्‍यापर भीटेनको धरानमा प्रस्तुति

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ०४ गते।

धराने मिडिया : नेपालका चर्चित र्‍यापगायक भीटेनले धरानमा साङ्गीतिक प्रस्तुती दिने भएका छन् । ‘भिटेन लाइभ इन धरान’ कन्सर्ट मार्फत प्रस्तुती दिने भएका हुन् ।

कन्सर्टको बारेमा सोमवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । लागु औषध दुर्व्यसन मुक्ति अभियानको क्रममा उक्त कन्सर्टको आयोजना गर्न लागिएको आयोजक धरान स्थापित समुहले आयोजन गर्ने भएको हो । उक्त कन्सर्टबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका धरानका प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिने जनाइएको छ ।

कार्यक्रममा भिटेन झैँ नमुना ब्यान्ड विराट चौक, प्याराडाइज नेपाल ब्यान्ड धरान, पुरानो कुपी ब्यान्ड धरान र मनाश्लु डान्स सेन्टरको प्रस्तुति पनि रहने बताइएको छ ।

कार्यक्रम असोज ५ गते धरान–१६ स्थित धरान रङ्गशालामा आयोजना हुनेछ।